|

काठमाडौं : आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  दिवसको अवसरमा नेपालमा सप्ताहव्यापी आयोजना गरिएको छ। 

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ मुल समारोह समितिले डिसेम्बर १६ अर्थात् गत बिहीबारदेखि २२ तारिखसम्म सप्ताहव्यापी गर्दैछ।  यस वर्ष नेपालमा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नारा तय गरिएको छ।

दिवस मुल समारोह समितिका संयोजक तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आप्रवासी श्रमिक दिवसलाई सप्ताहव्यापी रुपमा मनाइरहेको बताए। 

आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षा, व्यवस्थित र सम्मानित वैदेशिक रोजगार, आप्रवासी श्रमिकको सम्मान, समान कामका लागि समान ज्याला कायम गर्नुपर्ने, महिला अप्रवासी श्रमिकको सम्मान तथा लैंगिक विभेदको अन्त्य, आप्रवासी र आश्रित परिवारको संरक्षण, स्वास्थ्य र सामाजिक सुरक्षाका विषयलाई यो वर्षको दिवसमा जोड दिइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.