|
फाइल

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो​ परिस्थितिको सामना गरिरहेको बताएकी छिन्।।

बिहीवार बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन​ गर्दै उनले एकातिर व्यापार घाटा, निरन्तर बढिरहेको र अर्कोतिर आयातमाथि निर्भरता बिस्तार भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन्। उनले आयातमाथि निर्भरता बिस्तार हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप बढेको बताइन्। राष्ट्रपति भण्डारीले चुनौतीहरूबाट पार पाउन स्वावलम्वी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मुलभुत उद्देश्य बनाउनुपर्नेमा जोड दिइन्।

उनले मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उपार्जन बढाउनु, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन तथा जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्वन गर्नु अति आवश्यक भएको जिकिर गरिन्। उनले हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाइ युवा जनशक्ति र किसानहरूलाई उप्रेरित गर्न उद्योगी व्यवसायीहरूसँग मिलेर काम गर्न आवश्यकता​ रहेको उल्लेख गरिन्।

उनले उद्योगी व्यवसायीहरूसँग मिलेर काम गर्नसके केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुने र रोजगारी उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायन रोक्न सकिने बताइन्।

‘वर्तमान अवस्थामा हाम्रो राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको छ। एकातिर व्यापार घाटा, निरन्तर बढिरहेको छ भने अर्कोतिर आयातमाथि हाम्रो निर्भरता बिस्तार भइरहेको छ। यसबाट हाम्रो विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप बढेको छ। हामीले यी चुनौतीहरूबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मुलभुत​ उद्देश्य बनाउनु पर्छ', उनले भनिन्, ' मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उपार्जन बढाउनु, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवद्र्धन तथा जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्वन गर्नु अति आवश्यक छ। हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाइ युवा जनशक्ति र किसानहरूलाई उप्रेरित गर्न उद्योगी व्यवसायीहरूसँग मिलेर काम गर्न आवश्यकता छ। यसबाट केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुनुकासाथै​ रोजगारी उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायन रोक्न सकिन्छ।’

राष्ट्रपति भण्डारीले किसान र उद्योगीहरूले राज्यको सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइन्। उनले मुलुकको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणसँगै अन्य स्थानको खोजि गर्न आवश्यक रहेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.