|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले लहडमा आएर सिंहदरबारको फोहोर नउठाउने निर्णय नगरेको प्रतिक्रिया दिएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटको तस्विरसहित लामो ‘स्टाटस’ लेखेर उनले बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता गैरजिम्मेवारी र लापरवाहीका कारण बाध्यात्मक कदम उठाउनुपरेको बताएका छन्।

‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो’, उनले लेखेका छन्, ‘यो दबाब आवश्यक छ भन्नेमा सायदै दुईमत रहला।’

सिंहदरबारसम्म पुग्न महानगरले धेरै कसरत गर्नुपरेको भन्दै उनले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नै नचाहेको दाबी गरेका छन्। नौ महिनामा पटक–पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुरा कार्यान्वयन गर्न मुस्किल परेको भन्दै उनले १४ बुँदा उल्लेख गरेका छन्।

‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने?’, उनले प्रश्न गरेका छन्, ‘संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने?’ 

बालेनले स्थानीय समस्या स्थानीय तहमा नै समाधानका लागि प्राथमिकतामा राखेर गाँठो फुकाइदिन समेत संघीय सरकारलाई आग्रह गरेका छन्। देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ’, उनले भनेका छन्, ‘तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने अवस्था छ, त्यो नहोस्।’

हेर्नुहोस् बालेनको स्टाटस–

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.