|

जनकपुरधाम : जानकी नवमीको अवसरमा स्वामी विवेकनन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजनामा जनकपुरधाममा सांस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्टिभल सञ्चालन भएको छ। 

शुक्रबार जनकपुरधाममा आयोजित मैथिली फुड फेस्टिभलमा मिथिलाका प्रसिद्ध खानाका परिकारहरू अदौरी, तिलौरी, दूधपीठा, दालपीठा, कोदोको रोटी, तिलकोरको तरुवा, सकरौडी, महिआउर, अमोट, कडही, वडी, विभिन्न प्रकारको तरुवा सहितका ८४ प्रकारका परिकारको प्रदर्शन गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाल र भारतको धर्म, संस्कृति, कला तथा खानपान मिल्दो भएकाले यस्ता प्रकारको कार्यक्रमले दुवै देशको सम्बन्धलाई अझ बढी सुमधुर बनाउनमा ठूलो मद्दत पुग्ने  बताए।

कार्यक्रममा वीरगञ्जस्थित महावाणिज्य दूतावासका काउन्सिलर नीतिश कुमार, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, चिकित्सक डा. विजयकुमार सिंह, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका अधिकृत निरज भण्डारी सहितका वक्ताले धारणा राखेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.