|

रौतहट : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। उनले बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनमा सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै खाँचो भएकाले वर्तमान सरकार लागि परेको बताए। 

संचारकर्मी र संचारमाध्यमको हितअनुकूल ऐन तथा कानुन निर्माणमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री यादवले धारणा ब्यक्त गरे। 

पत्रकारका समस्या आफूले बुझेको जनाउँदै उनले यस प्रदेशमा सञ्चारकर्मीलाई सहयोग गर्न अक्षयकोषका लागि १ करोड रूपैयाँभन्दा बढी रकम आउँदो वर्षमा दिने जानकारीसमेत दिए। 

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)का अवसरमा बुधबार बिहान भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालसमेतको उपस्थितिमा प्रभातफेरी गरिएको थियो।

मुख्यमन्त्री यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका ब्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो। 

मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवम् प्रदेश ऐन र पत्रकारिता विषयमा वक्ताहरुले चर्चा र छलफल भएको थियो। कार्यक्रममा रौतहट क्षेत्र-४ का संघीय सांसद देवप्रसाद तिमलसिना, प्रदेश सांसद युवराज भट्टराईलगायत वक्ताले पत्रकारितालाई मर्यादित बनाउनेतर्फ ध्यान दिन जोड दिए।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका अध्यक्षसहित पत्रकार सहभागी थिए।

चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काफ्ले, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्यद्वय शिवपुरी, केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जरा, जिल्ला अध्यक्षसहितको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.