|

काठमाडौं : संघीय ससंद्को बजेट अधिवेशन भोलिदेखि शुरु हुँदै छ। सरकारले ल्याउने आगामी वर्षको बजेटबारे संघीय संसद्‌मा भोलिदेखि छलफल शुरु हुने भएको छ।

संसद्को माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक वर्ष २०८०।०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरिने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

संघीय संसद्को दुवै सदनको दोस्रो अधिवेशनको पहिलो बैठक भोलि दिउँसो ४ बजेका लागि बोलाइएको छ। दुवै संसद्‌मा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० पनि पेश हुने सम्भावित कार्यसूची रहेको छ।

प्रतिनिधिसभाका सहसचिव एकराम गिरीले त्यसअघि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेश आह्वानसम्बन्धी पत्र र मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने जानकारी दिए।

संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमद्वारा जारी राष्ट्रियसभाको सम्भावित कार्यसूचीमा पनि सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेश आह्वानसम्बन्धी पत्र र मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने उल्लेख गरिएको छ।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.