|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिको पुनःस्थापना र परिपुरणलाई प्राथमिकता दिइने बताएका छन्।

बिहीवार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पूरा गर्न सरकार प्रयत्नशील रहेको बताए।

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिको  पुनःस्थापना र परिपुरणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने जानकारी गराए।

उनले यस विषयमा बृहत् राजनीतिक सहमतिको निम्ति प्रयास गरिरहेको पनि उनले उल्लेख गरे।

उनले भने‚ ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी सबै बाँकी काम बृहत् शान्ति सम्झौताको मर्म र भावनाअनुसार समाधान गर्न सरकार दृढ र प्रयत्नशील छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिस समेतका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिको पुनःस्थापना र परिपुरणको कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ।’

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरूलाई सहमतिमा टुंग्याउन मुख्य राजनीतिक दलहरूबीच समझदारी भएको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.