|
तस्वीर सौजन्य : ललितकुमार नाकाल

रुकुम : रुकुम पश्चिमको सानिभेरी गाउँपालिकाका विभिन्न वडामा खानेपानीको अभाव भएको लामो समय भए पनि त्यहाँको स्थानीय सरकारले कुनै पहल गरेको देखिदैन।

​सानिभेरी गाउँपालिका वडा नं. ३ को अध्याचौर, गैराखाली खाराखाली, चिउरेखाली लगायतका ठाउँमा खानेपानीको समस्या भएको छ। त्यहाँका स्थानीय बासिन्दा खानेपानी ल्याउन २-३ घन्टाको बाटो हिँड्नुपर्ने समस्या छ।

खानेपानीको समस्या समाधानका लागि ५ वर्षअघि संघीय सरकारले ५ करोडको बजेट लिफ्टिङ खानेपानी निर्माण आयोजनाका लागि छुट्याए पनि काम भने २० प्रतिशत पनि पूरा भएको छैन।

त्यस क्षेत्रका बासिन्दालाई खानेपानीको समस्या भएको लामो समय भए पनि स्थानीय सरकारले कुनै पहल नगर्दा स्थानीय बासिन्दाले सरकार भएको महसुस गर्न पाएका छैनन्।

स्थानीय सरकारले निर्वाचित भएको १ वर्ष भइसक्दा पनि जनताको माझमा समस्या बुझ्न नगएको स्थानीयवासीको गुनासो छ। सानिभेरी-३ मा मात्र नभएर अन्य वडामा पनि खानेपानीको समस्या रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.