|

तुलसीपुर : बर्दिया जिल्लाले लुम्बिनी प्रदेशस्तरीय महिला तथा पुरुष रग्बी प्रतियोगिता २०८० जितेको छ।

लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा दाङको बेलझुण्डी रङ्गशालामा शनिबार सम्पन्न लिग खेलमा लगातार जित निकालेको बर्दिया जिल्लाको महिला तथा पुरुष दुबै टिमले सर्वाधिक १२-१२ अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्रतियोगिता जितेको हो।

महिला र पुरुष टिमले नै प्रतियोगिता जितेपछि नगद ५० हजार, कप‚ पदक तथा प्रमाणपत्र पाएका हुन्। लिगमा बर्दिया जिल्लाको पुरुष तथा महिला टिमसँग ४-४ अङ्कले पछाडि परेको बाँके जिल्ला उपविजेता भएको हो।

त्यस्तै दाङको महिला तथा पुरुष टिम तृतीय भएको रग्बी संघ दाङका सचिव सन्तोष बुढाथोकीले जानकारी दिए। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दाङ, बाँके र बर्दिया जिल्लाका गरी महिलातर्फ ४ र पुरुषतर्फ ४ टोली सहभागी थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.