|

सल्यान : सल्यानमा दुर्घटनामा परी गम्भीर घाइते एकजनाको मृत्यु भएको छ। सल्यान बागचौर नगरपालिका–१० पिपलनेटाका अन्दाजी ५० वर्षीय लालबहादुर विकको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बुधबार बिहान बागचौर नगरपालिका–२ थारमारे बजारबाट वडा न १ ठिन्वाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ खोलामा दुर्घटना भएको थियो। दुर्घटनामा ट्याक्टर चालक सहित ३ जना गम्भीर घाइते भएका थिए।

गम्भीर घाइतेमध्येका विकलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते बागचौर नगरपालिका–१ गैरावेदका ट्याक्टर चालक २४ वर्षीय युवराज रोकायको नेपालगञ्ज र ४५ वर्षीय कालीबहादुर बस्नेतको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.