|

काठमाडौँ : ललिता निवास प्रकरणसम्बन्धिको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बुधबार) पनि सुनुवाइ हुने भएको छ। आज पनि हेर्दाहेर्देमा समय सकिएपछि पुन: भोलिका लागि सुनुवाइ सरेको हो।

सर्वाेच्चको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमाथिको रिटमा भोलि पनि सुनुवाइ हुने भएको सर्वाेच्चको प्रवक्ता बिमल पौडेलले थाहाखबरलाई जानकारी दिए। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। 

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमका तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको थियो।

सर्वोच्च अदालतले उक्त प्रकरणसम्बन्धी परेका ६ वटा रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ। केही आरोपीहरुले थुना बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने गरी सर्वाेच्चबाट अन्तरिम आदेश ल्याएकाले प्रहरीले त्यसविरुद्ध पनि भ्याकेट निवेदन दिएको छ।

उक्त प्रकरणमा किर्ते र सङ्गठित अपराध कसुरमा प्रहरीको सिआईबीले १७ जनालाई पक्राउ गरी अनुस्न्धान गरिरहेको छ। गैर कानूनीरुपमा समातेकाे भन्दै ६ जना आराेपीका परिवारले बन्दीप्रत्यक्षीकरणकाे रिट दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.