|

काठमाडौं : नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री गगनकुमार थापालाई सभापति र संसदीय दलको नेता बन्ने मनस्थिति बदल्न आग्रह गरेका छन्। 

शुक्रबार केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै नेता कार्कीले शेरबहादुर देउवालाई सभापति र संसदीय दलको नेताबाट हटाउने मनस्थितिबाट बाहिर निस्किन महामन्त्री थापालाई आग्रह गरेका हुन्। लामो समय सभापति देउवाको पक्षमा बोलेका नेता कार्कीले महामन्त्री थापाप्रति आक्रोश पोखेका थिए। 

‘अहिलेको आवश्यकता सभापति र संसदीय दलको नेता बदल्ने हो? यो सम्भव र उचित छ? यो बाटोमा गएर कांग्रेसलाई कहाँ पुर्याउन सक्छौँ। यो बाटोमा जाने मनस्थितिमा भएर करेक्सन गरौँ। सभापति भनेको व्यक्ति होइन संस्था हो। सभापतिलाई कमजोर बनाएर कांग्रेस बलियो हुन सक्दैन। गणेशमान सिंहले प्राप्त गरेको पद त्याग्नुभयो। त्यसले हामीलाई आदर्शतर्फ डोर्याउँछ। सभापतिको नेतृत्वमा स्थानीय तह, प्रदेश र केन्द्रमा पहिलो पार्टीको रुपमा स्थापित भएको छ। त्यो सभापतिलाई सम्मान गर्ने संस्कृति विकास गर्नुपर्छ,’ उनले भने। नेता कार्कीले विपक्षी दलहरू आक्रामक ढंगले संगठन निर्माणमा जुटेकाले कांग्रेस भने अलमलमा रहेको बताए। 

‘हाम्रा विपक्षीहरू आक्रामक ढंगले संगठन निर्माणकाृ मैदानमा ओर्लिएका छन्। हामी अलमलमा छौँ। हामी उल्टो बाटो हिँडिरहेका छौँ कि भन्ने चासो छ। हामी उल्टो बाटो नहिँडौँ। सुल्टो बाटोमा हिँडौँ। हाम्रा प्रतिकूलता र चुनौतीलाई अवसरमा परिणत गरेर कांग्रेसलाई एक ढिक्का बनाएर पार्टीलाई पुन:जागृत गर्न सक्छौँ। सूक्ष्म रूपले छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ। हाम्रा प्रतिकूलता र ,चुनौतीका चाङलाई बिर्सिएर अगाडि बढाएर काम कुरो एकातिर कुम्लो बोकी कतातिर भनेजस्तो हुन्छ। अहिलेको आवश्यकता पार्टीलाई मजबुत बनाउँदै सुशासनलाई मजबुत बनाउने हो,’ उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.