|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए आफैंलाई पनि पक्राउ गर्न प्रहरीलाई आग्रह गरेको बताएका छन्।

सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए आफैंलाई पनि पक्राउ गर्न आग्रह गरेका हुन्।

‘अनुसन्धान गर्दै जाँदा प्रचण्डलाई अनुसन्धानको बाटोमा गलत भेटिन्छ भने पक्राउ गर्दा हुन्छ’,प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले भने। 

सहयात्रीका अनुसार प्रचण्डले अवैध रुपमा सुन भित्रिएको प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पाइए कारबाही गर्न भनेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.