|

काठमाडौँ : सरकारले गीत–सङ्गीतमार्फत राष्ट्रलाई पुर्‍याएको योगदानको कदरस्वरूप स्व जेबी टुहुरे (जुठबहादुर टुहुरे, खङ्गी)लाई जनगायक उपाधि प्रदान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‍ बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

साउन ३० र भदौ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै मन्त्री शर्माले काठमाडौँ–तराई/मधेस दु्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिइन्।

धुलिखेल अस्पताल ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रर्वतनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र वड्कापथ सिँचाई आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने पनि सरकारको निर्णय छ।

युनिसेफको आयोजनामा नेदरल्यान्डस्को हेगमा आयोजना हुने ग्लोबल कन्फरेन्समा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा आरपी बिच्छालाई सहभागिताका लागि स्वीकृति प्रदान गरिने भएको छ। 

त्यसैगरी एसियाली विकास बैंकबाट रुरल कनेक्टिभिटी इम्पावरमेन्ट प्रोजेक्ट अडिसनल फाइनान्सीका लागि प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.