|

कर्णाली : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ उद्घाटन गरेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लागुऔषधविरुद्ध लालटिन अभियान’को उपप्रधामन्त्री खड्काले लालटिन बालेर उद्घाटन गरे।

उपप्रधानमन्त्री खड्काले समाजमा विकराल रोगको रूपमा फैलिँदै गएको लागुऔषध दुर्व्यसनी रोक्न थालिएको अभियानमा सबै सरोकारवालालाई एकजुट हुन अनुरोध गरे।

“गत वैशाख १ गतेदेखि सुरु गरिएको ‘सुरक्षित कर्णाली विशेष अभियान’ र यसअन्तर्गत शुभारम्भ गरिएका कार्यक्रमका समग्र अभियान देशकै लागि रोलमोडल बनेका छन्”, उनले भने, “यसको नियन्त्रण तथा रोकथामका लागि हामी सबैको साझा सङ्कल्प आवश्यक छ। कर्णाली प्रदेशको यो अभियानले मुलुककै नेतृत्व गरिरहेको छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.