|

काठमाडौं : दाङमा तरकारी बोकेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। एक महिला घाइते भएकी छिन्। 

राजपुर गाउँपालिका–२ समयथानमा लु ३ च ३८५३ नम्बरको मंगलबार तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट  गम्भीर घाइते मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवलाई लमही अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

मोटरसाइकलको पछाडि सवार वर्षीया सविना यादव घाइते छिन्। उनको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.