|

काठमाडौं : तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ।

दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रवन्ध मिलाएको काठमाडौं प्रहरीले जनाएको हो।

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरे।

उनले जथाभावी पटाका पड्काउँदा आगलागी हुने जस्ता घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पर्ने आग्रह गरे। उनले लक्ष्मी पूजाका दिन बहुमूल्य गहरगहना प्रदर्शन नगर्न समेत अनरोध गर्नुभयो। उहाँले सुरक्षा प्रवन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको भन्दै प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेको बताए।

उनले  सुरक्षा प्रवन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको बताए। उनले काठमाडौंमा आफ्नो संस्कृतिअनुसार खेल्ने देउसीभैलो खेल्नको लागि कुनै सीमित समय नतोकिएको बताए। उनले प्रहरी र सुरक्षा समितिले काठमाडौंमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकी अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरे।

उनले प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको बताए। महानगरका प्रमुख बालेन्द्र साहले १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिको भन्ने भनाइप्रति लक्षित गर्दै काटमाडौं प्रहरी प्रमुख खत्रीले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रवन्ध महानगरपालिकाले गरेको भने पनि कानुनको शासन हुने देशमा कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताए।

उनले नागरिकहरुले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताए।

उनले भने, ‘तिहारको संघारमा हामी छौँ। दशैँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम हुन्छ वा जहाँ चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर दशैंको जस्तै विभिन्न सुरक्षा प्रवन्ध मिलाएका छौं। सुरक्षा प्रवन्ध गर्नु नागरिक दायित्व पनि हुन्छ। प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालयले सार्वजनिक रूपमा तिहार जस्ता पर्वहरुमा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले मनाउन आग्रह गर्दछौँ। जथाभावी पट्याका पड्काउँदा आतेस बाजी हुने, आगलागी हुने जस्ता घटना,लक्ष्मी पुँजा बहुमूल्य गहरगहना प्रदर्शन गर्ने जस्ता कुराहरुलाई मध्येनगर गरी अपिलहरु गरेका छौं।'

उनले विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरीहरुको बढी नै परिचालन गरिने बताए।

उनले भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.