|

तनहुँ : सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारीको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ।

आर्थिक वर्ष ०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो। ३३ लाख ८० हजार रुपैयाँ रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिइन्।

त्यसैगरी करार उल्लङ्घन गरेका वा सम्झौताअनुरुप काम गर्न नपाएका २४ घटनामध्ये २३ वटाको काम भएको छ। १/२ घटनाको कुनै प्रमाण नरहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उनले बताइन्।

सम्झौताअनुरुप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ ५ लाख रुपैयाँ क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ। वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये ९ जनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ।

मृतकका परिवारलाई २ करोड ९१ लाख ८४ हजार २६१ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ। ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग पाएका छन्,’ उनले भनिन्, ‘वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन्।’

दुर्घटनामा घाइते तथा अपाङ्गता भएको अवस्थामा अवस्था हेरी १ लाखदेखि ७ लाखसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता तिवारीले बताए। ‘उक्त आवमा ५५ लाख ८५ हजार रुपैयाँ आर्थिक सहायता पाएका छन्,’ उनले भने, ‘दुई जनाको मेडिकल फेल भएकाले ५० हजार रुपैयाँका दरले १ लाख रुपैयाँ प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.