|
फाइल तस्वीर ।

काठमाडौँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन्। ह्रदयघात भएपछि काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठ डिस्चार्ज भएका हुन्।

गत मंसिर १९ गते अस्पताल भर्ना भएका श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी समेत गरिएको थियो। उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि चिकित्सकको सल्लाह र सिफारिसमा डिस्चार्ज गरिएको हो।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। गृहमन्त्री श्रेष्ठको उपचारमा डा. अरुण मास्के सहितको टोली खटिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.