|

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको बताएका छन्। 

शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको पटकपटकको निर्देशनपछि केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताएका हुन्।

बिरामी खचाखच हुने केन्द्रको थप विस्तारका लागि सरकारले पहल गरिरहेको बताउँदै भक्तपुर र नागर्जुनमा पनि छिट्टै जग्गा उपलब्ध गराउनेसमेत उनले बताए। 

उनले भने, 'जग्गा उपलब्ध गराउनका लागि सम्मानीय प्रधानमन्त्रीबाट पटक-पटक निर्देशन आइसकेको छ। अब जग्गाका लागि भौतारिरहनुपर्ने अवस्था छैन।  जग्गाको विषय चाँडोभन्दा चाँडो टुंगोमा पुर्‍याउन मन्त्रालयले कुनै कसुर बाँकी राख्दैन।'  

उनले आफू मन्त्री भएर आएपछि चिकित्सा क्षेत्रमा व्यापक सुधारका काम भइरहेको दाबीसमेत गरे। चिकित्सा क्षेत्रको सुधारमा प्रधानमन्त्रीबाट आफूले चाहेको भन्दा धेरै सहयोग पाएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.