|

काठमाडौँ : नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र सर्वसाधारणको निक्षेप सुरक्षित रहेको जनाएको छ। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका विषयमा केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको हो।

‘राष्ट्र बैंकले आज विज्ञप्ति जारी गर्दै भनेको छ, 'बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको व्यहोरा अनुरोध छ।' 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण तथा सुपरीवेक्षण गर्दा सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पारेको छ। 

बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले अनुरो गरेको छ।

‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही सञ्चालनमा रहने बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकबाट निरीक्षण र सुपरीवेक्षण भइरहेको राष्ट्र बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.