|

काठमाडौँ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद जगतबहादुर पार्कीले प्रतिपक्ष दलहरूको धर्म सरकारको विरोध मात्रै गर्नु हो भन्दै प्रश्न गरेका छन्।

शुक्रवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले सिंगो मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजाना खोज्दा पनि प्रतिपक्षले विरोध गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसद पार्कीले सरकारले सत्ता र शक्तिको वरिपरि घुम्ने दलाललाई पनि पाखा लगाएको दाबी गरे। उनले भ्रष्टहरूलाई विदेश भाग्न बाध्य बनाउने काम पनि गरिरहेको भन्दै सरकारको बचाउ गरे। सांसद पार्कीले राजनीतिक भ्रष्टीकरणलाई पनि सरकारले पाखा लगाउने काम गरेको बताए।

पार्कीले भने, ‘प्रतिपक्षको धर्म विरोध मात्रै गर्नु हो? यो व्यवस्थालाई स्थायित्व दिने गरी सम्माननीय प्रधानमन्त्रीले जुन कदम चाल्नु भएको छ। त्यसबाट नेपाली समाज, नेपालका राजनीतिक र विभिन्न खालको तह र तप्काका मान्छेहरूलाई सकारात्मक सोचको विकास गर्ने ठाउँमा त्यसले पुर्‍याएको छ। राजनीतिक भ्रष्टीकरण रोकेको छ। हिजो दलालहरू सत्ता र शक्तिको वरिपरि घुमिरहन्थे, आज उनीहरू विदेश भाग्नुपर्ने अवस्था छ। सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सिंगो राष्ट्रलाई सुशासन, समृद्धि र राष्ट्रि एकतातिर लैजान खोजिराखेको छ। त्यसको हामीले स्वागत गर्न चाहन्छौँ।’

सांसद पार्कीले मुलुकलाई सुशासन, समृद्धिको बाटोमा अघि बढाउने काम गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.