|

काठमाडौं : कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ।

लु २ ख २१२१ नम्बरको बस बिहानै धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको इलाका प्रहरी गजुरीले जानकारी दिएको छ।

बसमा रहेकामध्ये १३ जनालाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाएको  प्रहरीले जनाएको छ। 

दुर्घटनामा केहीको मृत्यु भएको आशंका गरिए पनि विस्तृत विवरण आउन बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.