|

काठमाडौँ : बंगलादेश सरकारले उपलब्ध गराउने चिकित्सा शिक्षा, स्नातक तहको एमबीबीएस र बीडीएसको तर्फको छात्रवृत्ति कोटामा भएको नाम हेरफेर समस्या समाधान भएको छ।

बंगलादेश सरकारले नेपालमा चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा उत्तीर्ण भएका र मेरिटको आधारमा सिफारिस भएका विद्यार्थीलाई नै छात्रवृत्ति कोटामा पढाउने पत्र नेपाल सरकारलाई पठाएसँगै उक्त समस्या समाधान भएको हो।

बंगलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बंगलादेश जान नेपाल सरकारबाट १९ जना एमबीबीएस र ३ जना बीडीएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेश पठाएको थियो तर अन्तिम सूचीमा १२ जनाको मात्रै नाम आएको थियो।

यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपालस्थित बंगलादेशी राजदूतसँग छलफल गरेकी थिइन्।

बंगलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बंगलादेश जान नेपाल सरकारबाट १९ जना एमबीबीएस र ३ जना बीडीएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेश पठाएको थियो। तर अन्तिम सूचीमा १२ जनाको मात्रै नाम आएको थियो। यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपालस्थित बंगलादेशी राजदूतसँग छलफल गरेकी थिइन्।

परराष्ट्र मन्त्रालयले बंगलादेश सरकारलाई कूटनीतिक नोट पठाएकोमा त्यसको जवाफमा बंगलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोटमार्फत नै चिकित्सा शिक्षा आयोगले सिफारिस गरेका विद्यार्थीलाई नै आफूहरूले पढाउने बंगलादेश सरकारले जनाएसँगै यो समस्या समाधान भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.