|

काठमाडौं : मंगलबार सवा घण्टामा ८४ अंकले बढेर बन्द भएको सेयर कारोबार बुधबार १९.१५ अंकले उकालो लागेको छ। सेयर बजार १ हजार ७ सय ७९ दशमलव ५७ अंकमा पुगेर बन्द भएको छ। बुधबार कूल २ अर्ब ३ करोड ३३ लाख १५ ८८९ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।*

बुधबार बिमा समूहको परिसूचक सबैभन्दा बढी १ सय ८० दशमलव ४७ अंकले उकालो लागेको छ। त्यस्तै उत्पादन समूह ५८ दशमलव ९२, विकास बैंक ३२ दशमलव ०९ र सेयरबजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंक समूहको परिसूचक १४ दशमलव ९३ अंकले उकालो लागेको छ।

त्यस्तै फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः १२ दशमलव १७ र ५ दशमलव २ अंकले बढेको छ। होटल र जलविद्युत समूहको परिसूचक भने क्रमशः ३६ दशमलव १७ र २८ दशमलव ९१ अंकले ओरालो लागेको छ।

बुधबार नेपाल बंगलादेश बैंकको सबैभन्दा बढी १५ करोड १८ लाख बराबरको सेयर कारोबार भएको छ। विशेषगरी १४ र १६ नम्बरको ब्रोकरबाट एनकिबो सेयर खरिद बिक्री भएको छ।  त्यस्तै सिद्धार्थ बैंक लिमिटेडको ११ करोड १५ लाखको कारोबार भएको छ।

बुधवार १ सय ४६ कम्पनी कारोबारमा आएका थिए। ती कम्पनीको ३५ लाख ८१ हजार कित्ता सेयरबाट २ अर्ब २ करोड ८७ लाखको कारोबार भएको छ।

* यसअघि कूल कारोबार रुपैयाँ गलत भएकोले सच्याइएको।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.