|

काठमाडौं : रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। 

दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गएराति ११ बजेर ५० मिनेटमा सालझण्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको हो।

दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए। बसका सहचालक भने गम्भीर घाइते छन्। 

दुर्घटनामा परी घाइते भएकाहरूलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको थियो। बुधवार बिहानसम्म अधिकांश डिस्चार्ज भैसकेका छन्। केहीको भने अझै पनि उपचार भइरहेको छ । 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.