|

बैतडी : बैतडीमा जारी टी-१० भेट्रान डीसिएल खसी कप खुला क्रिकेट प्रतियोगितामा आयोजक टिम निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरेको छ। 

आज सम्पन्न सुपर-८ को पहिलो खेलमा कैलपाल क्रिकेट क्लबमाथि १०९ रनको सानदार जित दर्ता गर्दै आयोजक सेमिफाइनलमा सुरक्षित भएको हो। 

आयोजकले दिएको १९३ रनको लक्ष्य पछ्याएको कैलपाल ९.४ ओभरमा ८३ रनमा अलआउट भयो। उसका विनोद पाण्डेले १८ तथा पीताम्बर जोशीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न नसक्दा कैलपाल बाहिरिएको छ।

आयोजकका लागि  ईश्वर पन्तले ३,यज्ञराज भट्टले २,विनोद विष्ट र दीपक बोहराले १/१ विकेट हात पारे। 

यसअघि निङलाशैनी खेलमैदान देहिमाडौँमा टस हारेर ब्याटिङको निम्ता पाएको आयोजकले निर्धारित १० ओभरमा ४ विकेटको क्षतिमा १९२ रन बनायो। 

जसमा दीपक बोहराले अर्धशतक हिर्काए। म्यान अफ द म्याच समेत भएका दीपक ८९ रनमा अविजित रहेका स्कोरर भास्कर बोहराले जानकारी दिए। 

कैलपालका विनोद पाण्डेले २ विकेट लिए।​

निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजनामा शुरु भएको प्रतियोगितामा ११ टोली सहभागी रहेको र ४ समूहमा विभाजन गरी खेल सञ्चालन भइरहेका  आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले बताए।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव राेशन बोहराले बताए।

यस्तै म्यान अफ द सिरिजलाई २.५ केजी कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५ केजी कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ। यसका साथै म्यान अफ दि  म्याच,ह्याट्रिक,शतक, सर्वाधिक चौका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।

सहभागी टोलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका छन्। २५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियोगिताका सहसंरक्षक चक्र बोहराले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.