|

काठमाडौँ : जेमिसन र अन्ना टिन्डल एनटिए मास्टर्स ट्रायथलन प्रतियोगितामा च्याम्पियन बनेका छन्।

नेपाल ट्रायथलन संघले ओलम्पिक डे २०२४ अन्तर्गत आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ जेमिसन पहिलो भएका हुन्। सो स्पर्धामा गायल वासमरले दोस्रो तथा रस ह्वाइटले तेस्रो स्थान हात पारे।  

यसैगरी महिला स्पर्धामा अन्नापछि दोस्रो स्थानमा सोन्या मार्टिन र क्याथरिन रहिन्। टिमतर्फ टिका जिरेल, नारायण थापा र आश नारायण चौधरीको समूह विजेता बने। 

यसैगरी समिर श्रेष्ठ, कर्मा गुरुङ र जेन वज्राचार्यको टिम दोस्रो र आयुष महर्जन, प्रदीप नेपाल र सूर्य महर्जनको टिम तेस्रो स्थानमा रहे। 

मनमैजुको टुसाल मल्टी भेन्युमा सुरु भएर मनमैजु द्यः छेँमा सकिएको ट्रायथलनमा २५० मिटर पौडी, पाँच किलोमिटर साइक्लिङ र दुई किलोमिटर दौड समावेश गरिएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.