|

काठमाडौँ : नेपाली भारोत्तोलनले नयाँ २९ प्रशिक्षक पाएको छ। भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स शुक्रवार सम्पन्न भएयता यो खेलमा नयाँ जनशक्ति थपिएको हो। 

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति भवनमा कुल पाँच दिन सञ्चालन भएको कार्यक्रममा कोर्स निर्देशकको भूमिका सर्बियाली एरभिन रोज्सयानिकले निभाएका थिए।

कार्यक्रमको समापनमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र वितरण गरे। त्यस अवसरमा रोज्सयानिकले ओलम्पिक सोलिडारिटी कोर्सका माध्यमबाट नेपाली भारोत्तोलनको विकासमा मदत पुग्ने विश्वास व्याक्त गरे।

यस्तै महासचिव श्रेष्ठले राम्रा खेलाडी उत्पादनका लागि उत्तिकै राम्रो र अनुशासित प्रशिक्षकको आवश्यकता रहेको बताए। नेपाल भारोक्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले कार्यत्रमको सफलताले खेलाडी उत्पादनसँग उनीहरूको विकासमा टेवा पुग्ने बताए। 

नेपाली भारोत्तोलनमा दस वर्षयता यस ओलम्पिक सोलिडारिटी कोर्स भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.