|

काठमाडौँ : टी–२० विश्वकप क्रिकेट सकिएलगत्तै अफगानिस्तानले नेपालसँग क्रिकेट खेल्ने भएको छ।

दक्षिण अफ्रिकासँगको खेलमा नेपालले सशक्त दक्षिण अफ्रिकालाई आच्छु आच्छु पारेको थियो र मात्र १ रनले पराजित भएको थियो। 

उक्त खेलमा नेपाली टोलीको सुदृढ प्रदर्शनपछि विश्वभरि नेपाली क्रिकेटको प्रशंसा भइरहेका वेला अफगानिस्तान क्रिकेट काउन्सिलले नेपाललाई अफगानिस्तान भ्रमणको निम्तो दिएको हो। 

विश्वकपपछि काबुल क्रिकेट रंगशालामा नेपालले अफगानिस्तानसँग खेल्ने तय भए पनि कस्तो ढाँचामा खेलाउने र अन्य कुन–कुन टोली सहभागी गराउने भन्नेबारे अफगान क्रिकेट काउन्सिलले प्रष्ट पार्न भने बाँकी नै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.