काठमाडौँ : शेयर बजारमा आज पनि गिरावट आएको छ। यो साता कारोबारको लगातार पाFचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब १३ अङ्कले घटेको हो।
आज नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर २ हजार ६६९ दशमलव ३१ को विन्दुमा कायम भएको छ।
आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर ५५ हजार ४७६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको हो।
आज ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर छ।
आज व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशत बढेको छ।
आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आजको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव ९० प्रतिशतले बढेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।