काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९ दशमलव ९६ अङ्कले झरेको छ। आज नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर २ हजार ६८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो।
आज ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक खरिदबिक्री हुँदा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन समूह एक दशमलव १८ र अन्य समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ४४ अर्ब ६० करोड ३७ लाख ९४६ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को १८ लाख १७ हजार १७५ कित्ता शेयर किनबेच भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।