नेपालको आन्तरिक गतिविधिमा चासो र संलग्नता नबढाउन बाह्य शक्तिलाई आग्रह

|

काठमाडौं : नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संक्रमणकाल टुंग्याउदै मुलुक संविधान कार्यान्वयनको दिशामा उन्मुख भएको बताएका छन्। 
संविधान निर्माण गर्ने गहन उत्तरदायित्व संविधानसभाले पूरा गरेको र संविधानमा उल्लेखित माघ ७ गते भित्र निर्वाचन गरिसक्ने व्यवस्था अनुसार सो उदेश्य पुरा गर्न तर्फ लागेकाले रुपान्तरित संसदको समय सकिएको भन्दै उहाँले खुसी व्यक्त गरे।

रुपान्तरित व्यवस्थापिका संसदको सनिबार बसेको अन्तिम बैठकमा विदाई सम्बोधन गर्दे विपक्षी दलका नेता ओलीले संविधानसभाले संविधान जारी गरेर आफ्नो कर्तव्य पुरा गरेकोमा सबैलाई धन्यवाद दिए। 

उनले संविधान कार्यान्वयन गर्ने सवालमा आसन्न प्रदेश र संसदिय निर्वाचन स्वच्छ र धाँधलिरहित ढंगमा सम्पन्न गर्नुपर्ने मुख्य दायित्व सरकारको रहेको बताए। उनले प्रधानमन्त्रीले मन्त्रिपरिषद् बिस्तार गर्नुको औचित्य नरहेको भन्दै व्यङ्ग्य गरे। ‘मन्त्रिपरिषद्को आवश्यकता कुस्ती खेल्न चाहिएको हो ?’ प्रधानमन्त्रीलाई ओलीको प्रश्न थियो। 

नेता ओलीले आफ्नो पार्टी निर्वाचन सम्पन्न गर्ने सवालमा सरकारलाई सबै सहयोग गर्न तयार रहेको बताए। उनले संविधान निर्माण गर्ने महान् अभिभारा पूरा गरेर सांसदको समय सकाउदै गरेको अवस्था रहेकाले बेखुसी हुनुपर्ने कारण नरहेको बताए।

नेपालका आन्तरिक गतिविधिमा अनावश्यक वाह्य चासो उचित नहुने भन्दै चासो र संलग्नता नबढाउन बाह्य शक्तिलाई आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.