|

कालिकोट : प्रदेश नं. ६ मुगु र कालिकोट जिल्लामा निर्वाचन कार्यक्रमको व्यवस्थापन र सुरक्षा अवस्थाको स्थलगत अनुगमन क्रममा कालिकोट पुगेका निर्वाचन आयुक्त सुधीरकुमार शाहले मतदाता ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्।

आयुक्त शाहले निर्वाचन सम्पन्न गर्नका लागि भएको स्रोतसाधन र जनशक्ति परिचालन गरेर निर्वाचन शान्त भयरहित वातवारणमा सम्पन्न गर्ने बताए। ‘कालिकोट जिल्लालाई संवेदनशील जिल्ला भनिएको भए पनि यहाँका सबै राजनीतिक दल, मतदाता मिलेर जानुपर्दछ।’ उनले भने, ‘त्यसो भएमा मात्र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ।’

निर्वाचनमा स्थलगत अनुगमनमा प्रदेश नं.६ का प्रहरी प्रमुख रणबहादुर चन्द, सशस्त्र प्रहरी बलका डिआइजी वसन्त बानियाँलगायत उच्च सुरक्षा अधिकारीको टोलीले जिल्लाको सुरक्षा अवस्था निर्वाचनको वातावरण स्थलगत अनुगमन फर्किएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.