|

कालिकोट : कालिकोटमा पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पुरुष मतदाताभन्दा बढी महिला मतदाताले मत खसालेका छन्। पुरुष मतदाताभन्दा झन्डै २ हजार बढी महिला मतदाताले मत खसालेका हुन्।

जिल्लामा रहेका ६४ हजार ९ सय ६१ मतदातामध्ये १९ हजार ४ सय ७ महिला मतदाताले निर्वाचनमा मतदान गरेका छन् भने १७ हजार ७ सय ६ पुरुष मतदाताले निर्वाचनमा मतदान गरेको मुख्य निर्वाचनको अधिकृतको कार्यालय कालिकोटले जनाएको छ।

जिल्लामा पुरुष मतदाताहरु रोजगारीका लागि भारत लगायतका अन्य क्षेत्रमा काम गर्न गएका कारणले महिलाहरुको मत बढी खसेको हुनसक्ने जिल्ला समन्वय समिति कालिकोटका सदस्य नेत्रबहादुर शाहीले बताए।

‘अधिकांश पुरुष मतदाता भारत लगायतका अन्य ठाउँमा रोजगारीका लागि गएका कारणले महिलाहरुको मतदान बढी भएको हो।’ उनले भने,‘जिल्लामा रोजगारी नहुँदा यो समस्या आएको हो।’

५३.१३ प्रतिशत मत खस्यो

जिल्लामा रहेका ९९ वटा मतदानस्थल र १ सय ९ मतदान केन्द्र रहेकोमा यस जिल्लाबाट ५७.१३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए। ‘६४ हजार ९ सय ६१ मतदातामध्ये ३७ हजार १ सय १३ जनाले मतदान गरेका छन्।’ उनले भने, ‘यो कुल मतदाताको ५७.१३ प्रतिशत हो।’

मतपेटिका हेलिकोप्टरबाट ल्याइयो

पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिका सदरमुकाम ल्याइएको छ। कालिकोटका दुर्गम पलाता नरहरिनाथ, सान्नी त्रिवेणी र पचालझरना गाउँपालिकाका मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो।

नरहरिनाथ गाउँपालिकाको १३, पचाल झरनाको ४, पलाताको १३ र सान्निन त्रिवेणीको २ मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टरमा ल्याइएको प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए।

‘भौगोलिक विकटता र सुरक्षा संवेदनशिलताका कारणले मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने अवस्था रहेकोले हेलिकोप्टर प्रयोग गरिएको हो ।’ उनले भने,‘जिल्लाका सबै मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याइसकिएको छ।’

पहिलो चरणअन्तर्गत कालिकोटमा आइतबार मतदान भएको थियो। सदरमुकाम आसपासका र सडक सञ्जालको छोएका केही ठाउँको मत्रपत्र शनिबार राति नै सदरमुका पुर्‍याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.