कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ४ को राचुली गाउँ र वडा नं. २ को रताडा गाउँमा स्याउ उत्पादन राम्रो भएपछि भारतको रोकिएको छ।
स्याउ उत्पादन राम्रो भएपछि गाउँ नै आम्दानी स्रोत बढेका कारणले भारतको रोजगारी रोकिएको हो। राचुली र रताडा गाउँका सबै घरपरिवारले यो आर्थिक वर्ष न्यूनतम ४५ हजारको स्याउ विक्री गरेका छन्।
गाउँमा सबैका स्याउ बगैचा रहेको गाउँमा स्याउ उत्पादन राम्रो भएका कारणले सबैले ४० देखि ५० हजारको स्याउ विक्रीबाट आम्दानी लिएका कारणले रोजगारीका लागि भारत जान गाउँले छोडेको स्थानीय ऐनबहादुर शाहीले बताए। ‘गाउँमा सबैका स्याउ बगैँचा छन्।’ उनले भने, ‘स्याउ राम्रो फल्यो, सबैले राम्रो आम्दानी लिएका छन्। त्यसैले कोही पनि पराई देशमा रोजगारीमा जान इच्छा गरेका छैनन्।’
विगतमा रोजगारीका लागि भारत जाने गरेका गाउँमा मानिसहरुले यो वर्ष सबैले स्याउबाट भारतमा कमाउने पैसा गाउँमा नै कमाउन थालेको र गाउँमा नै राम्रो आम्दानी गर्न थालेपछि रोजगारीका लागि अन्यन्त्र जाने मान्छे निकै कम रहेको तिलागुफा नगरपालिका वडा ४ वडा अध्यक्ष खड्कबहादुर शाहीले बताए।
‘विगतमा गाउँका मानिसहरु रोजगारी भारत जाने संख्या निकै थियो।’ उनले भने, ‘यो बर्ष गाउँमा नै स्याउबाट वर्षभरि खाने पैसा कमाएँ। त्यसैले यो वर्ष कोही रोजगारीका अन्य ठाउँ गएका छैनन्।’
राचुली र रताडा गाउँमा स्याउ विक्रीबाट करिब १ करोडभन्दा बढी आम्दानी भएको स्थानीय तथा स्याउ किसान दानबहादुर शाहीले बताए। ‘गाउँमा स्याउबाट आम्दानी नलिने कुनै घर पनि छैन।’ उनले भने,‘दुबै गाउँमा स्याउबाट १ करोडभन्दा बढी आम्दानी लिएका छन्।’
पछिल्लो समयमा तिलागुफा नगरपालिकाका किसानहरु स्याउ उत्पादन निकै आकर्षित भएका स्याउ यहाँका मानिसको रोजगारी समृद्धिको आधार भएका कारणले नगरपालिकालाई स्याउ सुपरजोनका रुपमा विकास गर्न लागिएको नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए।
‘नगरपालिकाले स्याउ उत्पादन जोड दिने नीति लिएको छ।’ उनले भने,‘स्याउ उत्पादन बृद्धि गरेर नगरपालिकालाई सबै मानिसको आयस्रोत बृद्धि गर्नेमा जोड दिइएको छ।’
यो आर्थिक वर्षमा जिल्लाभरी किसानहरुले स्याउ विक्रीबाट ४० देखि ४५ करोड रुपैयाँ आम्दानी गरेको अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको जिल्ला कृषि विकास कार्यालय बरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहले बताए।
‘स्याउ बिक्रीबाट जिल्लाका धेरै किसानहरुले राम्रो आम्दानी लिएका छन्।’ उनले भने, ‘स्याउबाट जिल्लामा ४० देखि ४५ करोड रुपैयाँ भित्रिएको हामीले अनुमान गरेका छौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।