|

काठमाडौं माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनमा दुई हजार ५६ मतदाताको कुल मतमूल्य ५३ हजार ५०६ हुनेछ। निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुनेछन्।

स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सदस्यको ४८ हुनेछत। देशभरिका मतदाताले दिने भतभार हिसाब गर्दा कुल मतमूल्य ५३ हजार ५०८  हुनेछ। यही मतमूल्यका आधारमा राष्ट्रियसभा सदस्य निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभा निर्वाचनमा प्रत्येक प्रदेशबाट आठ सदस्य निर्वाचित हुने व्यवस्था छ। राष्ट्रियसभाका कुल ५९ सदस्यमध्ये देशभरिबाट ५६ जना निर्वाचित हुनेछन् बाँकी तीन सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्।

कुनै एक प्रदेशबाट निर्वाचित हुने आठ सदस्यमा तीन महिला, एक दलित, एक अपांगता भएको व्यक्ति वा अल्पसंख्यक हुने व्यवस्था छ। बाँकी तीन सदस्य खुलाबाट निर्वाचित हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.