|

हेटौँडा : सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटौँडा तोकिसकेको छ। प्रदेश सभाको पहिलो बैठक १८ माघमा बसिसकेको छ। अहिले राजधानी यहीँ राख्ने कि सार्ने भन्ने विषय पेचिलो बन्दै गएको छ। 

२७ माघमा प्रदेश सभाको बैठक बोलाइएको छ। सो बैठकमा प्रादेशिक राजधानीको विषय पेचिलो रूपमा उठ्ने देखिएको छ। मकवानपुरबाहेक १२ जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश सांसद हेटौँडाप्रति सकारात्मक नदेखिएपछि राजधानीको विषयमा छलफल हुने अवस्था सिर्जना भएको छ। हेटौँडा राजधानी बनाउने विषयमा चितवनले पूर्णरूपमा साथ दिने अनुमान गरिएको थियो।

अहिले चितवनका सांसदहरूले पनि मिश्रित प्रतिक्रिया दिएका छन्। यदि चितवनले साथ नदिएमा हेटौँडा राजधानी बनाउन दुई तिहाइ सांसद पुर्याउन गाह्रो देखिएको छ। प्रदेश ३ मा कुल ११० सांसद छन् । पछिल्लो समय सबै जिल्लालाई पायक पर्नेगरी भक्तपुर, ललितपुर, काभ्रेमध्ये एक ठाउँमा राजधानी हुनुपर्ने विचार आउन थालेका छन् ।

यसकारण हेटौँडा राजधानी बनाउन उपयुक्त हुन्छ
– देशकै ठूलो औद्योगिक क्षेत्रमध्ये एक ।
– द्रुतमार्ग, धरान–चतरा मार्ग, कान्ति लोकपथ, महेन्द्र राजमार्ग, त्रिभुवन राजपथलगायत राजमार्ग जोडिएको क्षेत्र ।
– १९ वटा क्षेत्रीय कार्यालयसहित मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकाम भएका भवनको सुविधा हुने ।
– अस्थायी राजधानी बनाउँदा साढे ६ करोडभन्दा धेरै खर्च भएकाले पुनः सार्न गाह्रो हुन सक्ने ।
– देशकै ठूलो आर्थिक नाका र व्यापारिक केन्द्रसँग नजिक ।
– नेपाल र छिमेकी मुलुक भारत र चीनबीच त्रिदेशीय सम्बन्ध जोड सजिलो हुने ।
– वातावरणीय दृष्टिकोणले अनुकूल

यसकारण हेटौँडा उपयुक्त हुँदैन
प्रदेश ३ का १३ मध्ये नौ जिल्लालाई अत्यन्तै अपायक पर्छ। मकवानपुर, चितवन, धादिङ, सिन्धुलीलाई सामान्य पायक। सडक विस्तार नभएका साँघुरा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.