|

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटलाई करिब ३ खर्ब रुपैयाँ स्रोत कमी हुने अर्थ मन्त्रालयले जनाएको छ। आगामी आर्थिक वर्षाम करिब १५ खर्ब रुपैयाँको बजेट ल्याउनु पर्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ। तर, हालै बसेको स्रोत समितिका बैठककले सवा १२ खर्बको हाराहारीमा मात्रै स्रोत संकलन गर्न सकिने अनुमान गरेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको स्रोत चालु आर्थिक वर्षको बजेटभन्दा कम भएको हो। चालु आवमा १२ खर्ब ७८ अर्ब स्रोत जुट्ने भन्दै सोही आकारको बजेट सार्वजनिक गरिएको थियो। प्रारम्भिक रुपमा स्रोतको समीक्षा गर्दा आगामी बजेटअनुरुप कम नै हुने देखिएको अर्थसचिव शंकरप्रसाद अधिकारले बताए।

प्रदेशको विभाज्य कोषमा जाने राजस्वको हिस्साबाहेक करिब सवा अर्ब जति स्रोत जुट्ने प्रारम्भिक अनुमान गरिएको जानकारी उनले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.