|

नवलपरासी : गैँडाकोट नगरपालिका–१४ अमरापुरीका २९ वर्षीय बालकृष्ण खरेलको विवाह माघ २२ का लागि तय भएको थियो। अघिल्लो दिन विवाहको तयारी भयो।
निकै ढिला गरी सुत्न गए। परिवारका अन्य सदस्य ओछ्यामा जाँदा रातको पौने एक बजिसकेको थियो। त्यतिबेलासम्म पनि उनी कोठमा सुतिरेहकै थिए। 

विवाहका दिन सबै उठे, बालकृष्ण उठेनन्। आफन्त कोठामा गए, तर उनी ओछ्यानमा थिएनन्। आफन्तले तत्कालै उनको खोजी सुरु गरे तर पाँच दिन बितिसक्दा पनि उनी भेटिएका छैनन्।

बालकृष्णको अपहरण भएको हुनसक्ने आशंका परिवारले गरेको छ। दाइ गुरुप्रसाद खरेलका अनुसार राति एक बजेसम्म आफन्तले उनलाई घरमै देखेका थिए। बिहान पौने ६ बजेतिर ओछ्यानमा हेर्दा नदेखेपछि खोजतलास सुरु भएको थियो।

‘केही चिन्ताका कारण कतै गयो कि भनेर त्यो दिन गाउँघरका साथीभाइसँग सोधपुछ मात्रै गर्ने काम गरियो, कतै फेला नपरेपछि प्रहरीमा निवेदन दियौँ। तर पाँच दिन बितिसक्दा पनि अझै पत्रा लाग्न सकेको छैन।’

परिवारका अनुसार उनी नौ वर्ष स्पेन बसेर दुई महिनाअघि नेपाल फर्किएका थिए। परिवारले बताएअनुसार उनको राजीखुसीमै डेढ महिनाअघि विवाह पक्का भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.