|

काठमाडौं : सहरी क्षेत्र उपभोक्ताले दूध र दूग्धजन्य पदार्थ उपभोग गर्दा दैनिक ३ करोड रुपैयाँ पशुपालन गर्ने गाउँका किसानमा प्रवाह भइरहेका छ। ग्रामीण वस्ती र सहरका काँठ क्षेत्रमा भइरहेको पशुपालनबाट दैनिक ४८ लाअ दूध उत्पादन हुने गरेको छ। त्यसमध्ये ७ लाख लिटर प्रशोधन भई दूधका रुपमा सहरी क्षेत्रका उपभोक्तामाझ आउने गरेको छ।

दूधको मूल्य निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप गरेका कारण पशुपालन गर्ने किसानले उपभोक्ताले तिर्ने मूल्यबाट बढी हिस्सा लिने गरेका छन्। उपभोक्ताले खरिद गर्ने मूल्यको ६९ प्रशित किसानले र ३१ प्रतिशत उद्योगीले पाउने गरेका छन्। जसका कारण अहिले दूधको गुणस्तरअनुसार किसानले प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्म पाइरहेका छन्। पशुपक्षी विकास मन्त्रालयकले दुधालु गाई–भैंसी संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण बर्सेनि उत्पादन बढिरहेको छ।

आर्थिक सवेैक्षण्मा उल्लेख भएअनुसार आर्थिक वर्ष ०७४ ७४ सम्म देशभर दुधालु गाई १० लाख २९ हजार २१३ र भैंसी १३ लाख ६२ हजा १६१ वटा छन्। ती गाई भैंसीबाट गत आवमा १९ लाअ २३ हजा ६९२ मेट्रिक टान दूध उत्पादन भएको थियो। कुल उत्पादनमध्ये ५० प्रतिशत किसान आफैंले उपभोग गर्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.