|

काठमाडौं : नरिबलको पानी प्राय: धेरैलाई मनपर्छ। यो पानी खान जति मीठो हुन्छ, स्वास्थ्यका लागि पनि उति नै महत्त्वपूर्ण हुन्छ। नियमित काँचो नरिवलको पानी खानाले रक्त संचारमा सहयोग गर्नुका साथै विभिन्न फाइदा हुने विज्ञहरूले बताएका छन्।

- नियमित काँचो नरिवलको पानी सेवन गर्नाले शरीरको तौल घटाउन ठूलो सहयोग गर्छ। जसले शरीरको मोटोपन घटाउन चाहन्छन्, उनीहरूले नियमित नरिवल पानी सेवन गर्नु राम्रो हुन्छ। यसको सेवनले भोक कम लाग्ने र धेरै खानेकुरा नखाइने हुँदा शरीरमा थप तौल बढ्न दिँदैन।

- नियमित काँचो नरिवलको पानी सेवन गर्नाले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। नरिवल पानीमा हुने भिटामिन, राइबोफ्लेविन, थाइमिन र अन्य विविध तत्त्वहरूमा एन्टिव्याक्टेरियल गुण हुने हुँदा यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने गर्छ।

- गर्भवती महिलाहरूले नियमित नरिवल पानी सेवन गर्दा गर्भावस्थामा हुने कब्जियत, मुटुको तथा अपच हुनेजस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ।

- नियिमित नरिवल पानी सेवन गर्नाले मिर्गौला स्वस्थ राख्न पनि सहयोग गर्छ। यसमा हुने मिनरल्स, पोटासियम, म्याग्नियसियम जस्ता तत्त्वले मिर्गौला स्वस्थ राख्न सहयोग गर्छन्। यसले गर्दा मिर्गौलाका बिरामीका लागि पनि काँचो नरिवलको पानी सेवन गर्नु फलदायी मानिन्छ।

- यदि अनुहारमा डन्डिफोर तथा विभिन्न खालका दागहरू छन् भने नरिवल पानीले नियमित मुख धुने गर्नाले पनि यस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ।

- जसको कोलेस्ट्रोल धेरै छ, त्यस्ता मानिसहरूले नियमित नरिवल पानी सेवन गर्नाले कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ। नरिवल पानीमा एन्टीक्सिडेन्ट गुण हुने हुँदा यसले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.