|

रमेश रावल

कालिकोट : मुगुमा ३ महिनाको अवधिमा १ हजार ३ सय ११ जना बालबालिकाहरुको कुपोषण रहेको पाइएको छ। मुगुमा कडा शीघ्र कुपोषणका लागि एकिकृत व्यवस्थापन कार्यक्रम सञ्चालनमा आएपछि यो तथ्य बाहिर आएको हो। 

जिल्लाका सबै गाविसमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुको पोषणको स्थितिका बारेमा जानकारी लिइएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला मनिटर लोकबहादुर विश्वकर्माले जानकारी दिए।

उनका अनुसार पोषणको स्थिति जाँच गरिएका बालबालिकामध्ये १ सय ५२ जना बालिका र ९७ जना बालकमा कडा खालको कुपोषण देखिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.