|

कालिकोट : शनिबारदेखि अवरुद्ध रहेको कर्णाली राजमार्ग बुधबार दिउँसोबाट सुचारु भएको छ। शुभकालिका गाउँपालिका–१ कालेखोलामा पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएर सडक बनाएपछि राजमार्ग खुल्ला भएको हो।

बुधबार दिउँसोबाट कर्णाली राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

चार दिनदेखि बीचबाटोमा अलपत्र परेका सवारीसाधन अहिले आ-आफ्नो गतव्‍यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.