|
फाइल फोटो

बाजुरा : अरिगांलको टोकाइबाट बाजुरामा एक बालक मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका-९ का रामबहादुर थापाका ४ वर्षीय छोरा सुमीत थापा रहेका छन्।

बिहीबार दिउँसो घरनजिकै खेलिरहेको अवस्थामा अरिंगालले टोकेको आफन्तले बताएका छन। उनीसँगै अन्य तीन बालबालिका पनि अरिगांलको टोकाइले घाइते भएको उनीहरूको भनाइ छ। घाइते एकको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको जिल्ला अस्पतालले बताएको छ।

मृतक थापालाई धेरै अरिंगालले टोकेकाले जिल्ला अस्पतालमा उपचारको क्रममै मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पताल पुग्दासम्म मृतक बालकको शरीरमा ३/४ ओटा अरिंगाल रहेको जिल्ला अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.