|

बाजुरा : बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना  हुन सकेको छैन । 

जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक स्थापना नहुँदा  स्थानीयवासी समस्यामा परेका छन् ।  जगन्नाथ गाउँपालिकाका अर्जुन विष्टले बैंकिङ कारोवार गर्न पैदल हिँडेर बूढीनन्दा नगरपालिका जानुपर्ने बाध्यता रहेको  दुखेसो गरे ।

स्वामीकार्तिक गाउँपालिकाको केन्द्र पिलुचौरमा समेत बैंक छैन । पालिकामा बैंक नहुँदा स्थानीयले बूढीनन्दा नगरपालिका धाउँदै आएका छन् । दुई वटै गाउँपालिकामा बैंक नभएपछि सोही नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा कारोवार गर्न धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकामा बैंक स्थापना गरी सञ्चालनमा ल्याउन गाउँपालिकाले पहल गर्दै आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.