|

बाजुरा : बाजुरामा मंगलबार बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ। 

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले बताए। 

उनका अनुसार त्यस क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति गरेको छैन। एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बने । 

जिल्लामा पटक-पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएका छन्। पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिम छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.