|

बाजुरा : बाजुराका उच्च भूभागमा पुनः हिमपात सुरु भएको छ। हिमपातका कारण चिसो बढेको छ। हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले जनजीवन प्रभावित बनेको छ। 

शनिबार बिहानादेखि सदरमुकाम मार्तडीसहित आसपासका हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी परेको छ। सातौँपटक हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ।

हिमपातपछि कोल्टी विमानस्थल बन्द भएको छ। स्थानीय बजार पनि बन्द छन्। ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ। हिमाली क्षेत्रका गाउँमा परेको भारी हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ। 

हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन्। बजार पसल पनि पूर्णरूपमा बन्द भएका छन्। चिसोले खुला स्थानमा बसोबास गर्ने भोट जनजातिलाई निकै सास्ती भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.