चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी

|

काठमाडौ : नेपालमा लकडाउन अवधिभरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले २६० बिरामीको उपचार गरेको छ। कोभिड-१९, इन्फ्ल्युन्जा,रुघा खोकी र निमोनीया जस्ता सरुवा रोगको उपचार गरेको हो। अस्पतालबाट कोरोना संक्रमित ३ जना बिरामी डिस्चार्ज भएर घर गइसकेका छन्।

अस्पतालको ओपिडिमा सामान्य बिरामीहरुको उपचार भइरहेको छ। कोरोनाका बिरामी आए पनि अन्य  बिरामीको उपचारमा कुनै कमी नल्याएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

नेपालको सबैभन्दा पुरानो अस्पताल भएकोले पनि यहाँ बिरामीको चाप रहिरहन्छ। महामारीको बेलामा यही अस्पतालामा बढी बिरामी आएकाले चाप नघटेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए। कोरोना संक्रमितको अन्य रोगका बिरामी उपचार गर्न यहाँ आउन छाडेका उनले जानकारी दिए।

'अस्पतालमा अन्य रोगका बिरामीलाई भर्नf गरेर राखिएको छैन', थाहाखबरसँग कुरा गर्दै उनले भने, 'यसलाई कोरोना विशेष उपचार केन्द्रको रुपमा विकास गरिरहेको छौँ।'

अस्पतालमा अन्य रोगका बिरामीलाई भर्ना गर्दा अझ जोखिम बढ्ने भएकोले त्यस्तालाई भर्ना गरेर नराखिएको उनले बताए। उपचार गर्न आएकालाई परीक्षण गरेर काठमाडौं उपत्यकाको अन्य अस्पतालमा पठाइरहेको उनले बताए।

यस्तो बेलामा बिरामीले पनि बुझेर अन्य अस्पतालमा गइरहेको उनको भनाई छ। अस्पतालमा १५० जनाको स्वास्थ्यकर्मीको टिमले काम गरिरहेका छन्। सबैजना चिकित्सक र स्वास्थ्यकर्मी सक्रिय भइदिएकाले कुनै बिरामीलाई हतोत्साही हुने वातावरण नरहेको उनले बताए।

अस्पतालमा ३ तीनजना कोरोना संक्रमित बिरामी निको भएर गइसकेका छन्। बाहिरी जिल्लाबाट पनि यहाँ उपचार ल्याउने कुरा गर्दा पनि जिल्लामा उपचार गर्न सल्लाह दिइरहेको उनले बताए। 'सर्लाहीको बिरामी यहाँ ल्याउने कुरा भएको थियो, यहाँबाहेक अन्यत्रका कोरोना कोरोना अस्पताल, उपचार केन्द्रमा पनि  उपचार सम्भव भएकाले वीरगञ्‍जमा भर्ना गरिएको छ,' उनले भने।

यसले गर्दा अरु अस्पतालले पनि कोरोना संक्रमित उपचार गरेको राम्रो सन्देश जाने उनले स्पष्ट पारे। अस्पतालले अब आउन सक्ने बिरामीहरुका उपचारको लागि चिकित्सक टिमलाई तालिम दिने योजना बनाएको निर्देशक राजभण्डारीले बताए। चिकित्सक टोलीलाई तयारी अवस्थामा रहन विभिन्‍न मनोपरामर्श गरिने उनले बताए।

अस्पतालमा अहिले नयाँ १७ वटा सघन उपचार कक्ष (आइसीयु) थपिएका छन्। पहिले ३ वटा थिए। अहिले कोरोना संक्रमितको उपचार गर्न ६ वटा भेन्टिलेटरसहितको सघन कक्ष थपेर २० वटा बेड निर्माण गरिएको उनले जानकारी दिए।

अस्पतालका अन्य कोठालाई उपचार कक्ष बनाइएको छ। हाललाई अस्पतालका विभिन्‍न कोठालाई आइसोलेसन कक्षाका रुपमा निर्माण गरिएको छ। पुराना कोठाको सामग्रीलाई हटाएर २५ वटा बेडको आइसोलेसन कक्षा निर्माण गरिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.