अर्थ

सरकारको मुख्य एजेण्डा निर्यात प्रवर्द्धन, निजी क्षेत्रको परिपुरक: अर्थमन्त्री खतिवडा

फागुन २४, २०७४

    काठमाडौं :  अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापार घाटा न्युनिकरणको लागि निर्यात प्रवर्द्धन र लगानी वृद्धिको विकल्प नरहेको बताएका छन्। उनले निर्यातको तुलनामा आयात १४ गुणा माथि गएको बताउँदै निर्यात प्रवर्द्धनमा लाग्नु पर्ने बताएका हुन्।

    'सय रुपैयाँको आयत गरेर साता रुपैयाँ बराबरको निर्यात गर्छौ' बिहीबारबाट सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा खतिवडाले भने घाटा पूर्तिको लागि 'पर्यटक ल्याउदा वैदेशिक रोजगारमा मान्छे पठाउँदा र विदेशी अनुदान ल्याउँदा पनि पुग्न छोड्यो'।

    उनले सम्पूर्ण सेवाले पनि देशको आयातलाई धान्न नसकेको अवस्थामा निर्यात वृद्धिको विकल्प नरहेको बताएका हुन्। उनले सरकारको पहिलो एजेण्डा निर्यात प्रवर्द्धन भएको प्रतिक्रिया दिए।

    अर्थमन्त्री खतिवडाले निजी क्षेत्रसँग सरकार कहिले पनि प्रतिस्पर्धी नबन्ने समेत स्पष्ट पारेका छन्।  'सरकार तपाईहरुको प्रतिस्पर्धी हुँदैन, सरकार परिपुरक हुन्छ प्रवर्द्धक हुन्छ' खतिवडाले भने।

    दिगो विकासको लागि प्रत्यक्ष वैदेशिक लगानी र वैदेशिक लगानीबाट निर्यात प्रवर्द्धन गरिने मन्त्री खतिवडाले बताए। वैदेशिक लगानी ल्याउनको लागि लगानी बोर्ड ऐन संसोधन गर्न थालिएको र लगानीकर्ताले असहज मानेका अन्य ऐन पनि संसोधन गरिने खतिवडाले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]